Thursday, March 3, 2016

के कुरा

पुकार सुन्दैन मान्छे धड्कनको के कुरा
अहम्ताले थिचेको छ बडप्पनको के कुरा

जन्जीरमा छ परन्तु उंडेको नाटक गर्छ उ
आकाशमा हुनेको अब् अड्चनको के कुरा

चिरिन्छ आकाश एक्छिन् क्षितिज फाट्छ
बिजुली बादल बर्षा चड्कनको के कुरा

खस्रोमा त चिप्लाउँछन् छिर्कने हान्नेहरु
सिपालु छन् आफ्ना मख्खनको के कुरा

गालिब् सम्झन्छ आफुलाई माया देख्दैन कतै
जवानीमा त बुझ्दैन भने बच्पनको के कुरा

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...