Tuesday, March 8, 2016

नारीलाई

गजल
----
पापी पाउमा नराख नारीलाई
च्यांखे दाउमा नराख नारीलाई!
बल्झिन सक्छौ तिमीआँफै आज
आलो घाउमा नराख नारीलाई!
नेतृत्व दिई शहर् पठाई हेर
सांच्चै गाउँमा नराख नारीलाई !
सागर हौं हामी सूनामी ल्याउंछौं
कुन्ठित् ठाउंमा नराख नारीलाई !
अमूल्य छन् स्त्रीका ईतिहासहरु
सस्ता भाउमा नराख नारीलाई !

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...