Tuesday, March 8, 2016

नारीलाई

गजल
----
पापी पाउमा नराख नारीलाई
च्यांखे दाउमा नराख नारीलाई!
बल्झिन सक्छौ तिमीआँफै आज
आलो घाउमा नराख नारीलाई!
नेतृत्व दिई शहर् पठाई हेर
सांच्चै गाउँमा नराख नारीलाई !
सागर हौं हामी सूनामी ल्याउंछौं
कुन्ठित् ठाउंमा नराख नारीलाई !
अमूल्य छन् स्त्रीका ईतिहासहरु
सस्ता भाउमा नराख नारीलाई !

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...