Saturday, March 19, 2016

भन्नुस् के छ? जनाब जिन्दगीमा ??

न सल्लाह न सुझाब जिन्दगीमा 
आखिर किन लगाब जिन्दगीमा ?
न सोचेको, न देखेको पाइन्छ रे
यस्तै यस्तै छ, अभाब जिन्दगीमा !
बिर्सन खोजें, दुनियाँ यो दौलत
परन्तु अझै छ तनाब जिन्दगीमा !
स्वतन्त्र छु म, भ्रम रहेछ यहाँ
भेटिन्छ साथी, दबाब जिन्दगीमा !
सुनाएं मैले, मेरा राम कहानी
भन्नुस् के छ? जनाब जिन्दगीमा ??
------
एस बि स्वतन्त्र

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...