Saturday, March 19, 2016

भन्नुस् के छ? जनाब जिन्दगीमा ??

न सल्लाह न सुझाब जिन्दगीमा 
आखिर किन लगाब जिन्दगीमा ?
न सोचेको, न देखेको पाइन्छ रे
यस्तै यस्तै छ, अभाब जिन्दगीमा !
बिर्सन खोजें, दुनियाँ यो दौलत
परन्तु अझै छ तनाब जिन्दगीमा !
स्वतन्त्र छु म, भ्रम रहेछ यहाँ
भेटिन्छ साथी, दबाब जिन्दगीमा !
सुनाएं मैले, मेरा राम कहानी
भन्नुस् के छ? जनाब जिन्दगीमा ??
------
एस बि स्वतन्त्र

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...