Friday, March 4, 2016

मुस्कान खोज्दा

उनको ओठमा मुस्कान खोज्दा 
आफ्नै चेहेराको लाली हराएछ 

फर्केर खोजिन दोबाटोमा खैर 
कानको गुलाबी बाली हराएछ 

नखोजेका होईनन् फक्रन फूल 
कोपिला सङ्गै पो डाली हराएछ 

उंडेछ नूर मुहारका रोषनी खै 
मृगी नयन बाट काली हराएछ 

मन्दिर अघि उभिएकी उनैको 
आजफेरी पूजाको थाली हराएछ 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...