Friday, March 4, 2016

मुस्कान खोज्दा

उनको ओठमा मुस्कान खोज्दा 
आफ्नै चेहेराको लाली हराएछ 

फर्केर खोजिन दोबाटोमा खैर 
कानको गुलाबी बाली हराएछ 

नखोजेका होईनन् फक्रन फूल 
कोपिला सङ्गै पो डाली हराएछ 

उंडेछ नूर मुहारका रोषनी खै 
मृगी नयन बाट काली हराएछ 

मन्दिर अघि उभिएकी उनैको 
आजफेरी पूजाको थाली हराएछ 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...