Sunday, March 6, 2016

नजर नजर'का तिनै, बात मिठा


नजर नजर'का तिनै, बात मिठा
उनीसँग त औंशीका, रात मिठा

फूलका के कुरा, प्यारा छन् कांडा
जराकान्ड कोपिला अनि, पात मिठा

कोर्दिन गजल् भन्थें, नभेट्दा उन्लाई
तिनै मधुर मुस्कानका, मात मिठा

माया त माया नै हो, यो जिन्दगीमा
स्विकार्य छन् घात प्रति'घात मिठा

अमृतका के कुरा? बिष:का प्याला
दिन्छिन् भने त उनैका, हात मिठा

नजर नजर'का तिनै, बात मिठा
उनीसँग त औंशीका, रात मिठा

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...