Friday, March 25, 2016

'सरफरोश कि तमन्ना'

जब भित्रिन्छन् तुहिएका सपनाहरु
बन्द बाकसहरुमा
अनि बिलाउंछन्
आर्यघाटका धुवाँहरुमा
रित्तिन्छन् कैयौं कोखहरु

कस्तो अन्तर सम्बन्ध?
भरिएका बाकस र
रित्तींदै गरेका कोखहरुको,
जिन्दगीका तानाबुना
अनि त्यसभित्रका जिजीबिषाहरु
पछारिन्छन धरातलमा
स्वपनील गगनचुम्बी महलहरु बाट
बिडम्बना !
एेया र आत्था सुन्दैनन्
आफु जस्तैका भिडहरुले,
'सरफरोश कि तमन्ना'
शरहदमा नै सहिद बन्छ
राष्ट्रले बुझ्दैन
न सरकारले कहिल्यै चिन्यो
त्यो बन्द बाकसको
सहिद र उसको सादत्वलाई!

आखिर किन ठोकिन्छन् किला
सपनाहरुलाई बन्दी बनाएर?
सपनै सपना बोकेर उंडेका सपना
सपनाकै शहरहरुमा दु:खद सपनामै
टुङ्गिन्छन्, अधुरो सपना झैं
भने के अब ति सपनालाई
सहिद नभन्ने??

जवाफ दे ए सरकार !
देश छ, सिमाना छ
कथित सर्बभौम छ
तं पनि त छस् नि,
आखिर किन सुन्दैनस्?

 


  

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...