Tuesday, March 8, 2016

जलाउन चाहन्छु

गजल

न निभ्न चाहन्छु म न, जलाउन चाहन्छु
हत्केलामा मैन आ'ज, तलाउन चाहन्छु !

झस्किन्छु तब आँफै, जब पोल्नेछ मलाई
बिस्तारै औन्लाहरु यी, चलाऊन चाहन्छु !

सिद्धीने छैन पक्कै, शिखा सँगै जलेर म
पोलाई अनि पिडा'मा, रमाउन चाहन्छु !

उसै पनि त 'मैन', मौन छु संसारमा
मौनताको यो दुनियाँ, ढलाउन चाहन्छु !

न निभ्न चाहन्छु म न, जलाउन चाहन्छु
ढुङ्गा माथिको बिउ हुँँ, फलाउन चाहन्छु !

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...