Sunday, March 20, 2016

जिन्दगीका कागहरु !

नजाने रैछन् धोएर, जिन्दगीका दागहरु
न कहिल्यै पूर्णभए, जिन्दगीका मागहरु !

न भूत न बर्तमान, भबिश्यको पत्तो छैन
६' वै याम पतझड, जिन्दगीका बागहरु !

यो जिन्दगी संगीत हो, भन्नेहरु कहाँ गए
कसोरी अलापने हो, जिन्दगीका रागहरु !

अल्मलिएं म हजुर!, जीवनका गोरेटामा
सधैं साथी कुहिरोमा, जिन्दगीका कागहरु

त्याग्नु पर्ने जस्तोलागि,त्याग्दैछु म हिजोआज
इर्श्या मोह लालच यी, जिन्दगीका आगहरु !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...