Monday, March 14, 2016

सारङ्गी दाई

स्वदेश प्रति समर्पित: मन छ
-----------------------------
बाटुलेचौर कास्की सारङ्गी, दाई भेट्ने मन छ
कोशी टप्पुमा चर्ने नील',गाई भेट्ने मन छ !
अन्नपूर्णका मुक्तिनाथ कागबेणी र घासाको
पूनहिलमा गुरांश् टिप्ने, भाई भेट्ने मन छ !
बुलबुल तालमा रमाएर, देउती बज्यै दर्शन
सोलु'ओखलढुङ्गाका प्यारा राई भेट्ने मन छ!
चांदनी र दोधारा घुमौं झोलुङ्गे पूल समाउंदै
गोर्खा कालिका बारा गढीमाई भेट्ने मन छ !
सगरमाथा शिर मेरो, तराई मेरो आङ्गनमा
मेची-महाकाली नेपाल, लाई भेट्ने मन छ !
तस्बिर: सन १९७२ तिरको @ google

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...