Saturday, March 5, 2016

कदम मेरा

चलिरहेका छन् कदम मेरा
गलिरहेका छन् कदम मेरा !!
जिन्दगीका मरभूमिमा अझै
जलिरहेका छन् कदम मेरा !!
गंतब्यका मधुरदिप निभेपनि
बलिरहेका छन् कदम मेरा !!
कान्डा होस् कि पत्थर अब
छलिरहेका छन् कदम मेरा !!
जता जान्छ समय त्यतैआज
ढलिरहेका छन् कदम मेरा !!
चलिरहेका छन् कदम मेरा !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...