Saturday, March 5, 2016

कदम मेरा

चलिरहेका छन् कदम मेरा
गलिरहेका छन् कदम मेरा !!
जिन्दगीका मरभूमिमा अझै
जलिरहेका छन् कदम मेरा !!
गंतब्यका मधुरदिप निभेपनि
बलिरहेका छन् कदम मेरा !!
कान्डा होस् कि पत्थर अब
छलिरहेका छन् कदम मेरा !!
जता जान्छ समय त्यतैआज
ढलिरहेका छन् कदम मेरा !!
चलिरहेका छन् कदम मेरा !!

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...