Sunday, March 27, 2016

भोगाई जिन्दगीका

कति फरक छन्, भोगाई जिन्दगीका
मन्दिर पिच्छे यी ढोगाई जिन्दगीका

मिल्ला नमिल्ला जवाफ हरकोही सँग
र पनि उस्तैलाग्ने सोधाई जिन्दगीका

तहस् नहस् छन् छाती दिर्घरोगी यहाँ
किन लुकाउँछौ?? खोकाई जिन्दगीका  

खुल्दैनन् चेत जतिनै ठेस लागे पनि
अझै सहनु पर्छ्, ठोकाई जिन्दगीका

सक्कल् बमोजिम, नक्कल मिल्दैनन्
´पृथक´ ´पृथक´ घोकाई जिन्दगीका 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...