Friday, March 25, 2016

कल्पनाका केही सेन्यु

कल्पनाका केही सेन्यु (हाइकु)
----------
नगा भो आज
मेरी काफल चरी
बिरक्त छु म !
;;;
आरु फुलेछ
कोही आउँछ कि त
त्यो फल खाने !
;;;;
हिउँद गयो
मन भारी छँदैछ
चैते खडेरी !
;;;;
खिङ्रिङ्ग रूख
उझाड मन जस्तै
याम नै यस्तो !
;;;;
कहाँ गए खै
बनका ती कोइली
डँढेलो लागेछ !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...