Friday, March 25, 2016

कल्पनाका केही सेन्यु

कल्पनाका केही सेन्यु (हाइकु)
----------
नगा भो आज
मेरी काफल चरी
बिरक्त छु म !
;;;
आरु फुलेछ
कोही आउँछ कि त
त्यो फल खाने !
;;;;
हिउँद गयो
मन भारी छँदैछ
चैते खडेरी !
;;;;
खिङ्रिङ्ग रूख
उझाड मन जस्तै
याम नै यस्तो !
;;;;
कहाँ गए खै
बनका ती कोइली
डँढेलो लागेछ !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...