Sunday, March 6, 2016

उनको तस्बिर हेर्दा


उत्ताउलो भो मन् आज, उनको तस्बिर हेर्दा
औंशी लाग्ने जिन्दगी'मा, जुनको तस्बिर हेर्दा
संगित् केहो थाहाछैन, काउकुती लाग्यो किन
सा रे ग म प ध नि स, धुनको तस्बिर हेर्दा
नजिस्काउ भो मलाई, मेरा साथी सङ्गी आज
तिम्लाई पनि भयो होला, कुनको तस्बिर हेर्दा
सम्झनामा आउन थाले, अतितका कहानी ती
एकोहोरो पाईन मैले, 'गुन'को तस्बिर हेर्दा
कोहि त बताउ केभो, बहुलाएं कि सद्धे नै छु
माया पाएं झन् सुनौलो, 'सुन'को तस्बिर हेर्दा
उत्ताउलो भो मन् आज, उनको तस्बिर हेर्दा
औंशी लाग्ने जिन्दगी'मा, जुनको तस्बिर हेर्दा

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...