Saturday, March 5, 2016

इंद्रेणीले साहिनो गांस्छ, भेट्ने रहर मेरो


                                                                Kalpana Paudel Acharya
गीत 
----
नबर्षि न ए झरी! ,, रुझाएर यो मनलाई
पर्देशिए आफ्नो भन्ने रुवाएर यो मनलाई !
इंद्रेणीले साहिनो गांस्छ, भेट्ने रहर मेरो
दिन्थ्योकि केहीरङ्ग, बुझाएर यो मनलाई !
मिठा बतास उल्टो बग्छ, नदेखे झैं गरी
न्याउली रुन्छ त्यसै, छुवाएर यो मनलाई !
पढ्न खोज्ने दुखेसो मात्र, सुख सैय छैन
लेख्दिन म कबिता, धुजाएर यो मनलाई !
आफ्नाभन्ने आएहुन्थ्यो, आँखाहरु दोबाटोमा
लगे हुन्थ्यो आफुसँगै, सजाएर यो मनलाई !!
नबर्षि न ए झरी,, रुझाएर यो मनलाई
पर्देशिए आफ्नो भन्ने रुवाएर यो मनलाई !

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...