Saturday, March 12, 2016

समकालिन साहित्य प्रतिस्ठानमा प्रकाशित


गीत: कल्पना पौडेल आचार्य "नानी" 



भेटेर जाउ आजै,, भोलि भेट होला नहोला 
आउ न आउ राजै भोलि भेट होला नहोला 

सपना देखेको थें आउंदैछौ भनेर आज 
प्रेम मिलनका गीत् गाउँदैछौ भनेर आज 
सम्झनाहरु ताजै, भोलि भेट होला नहोला 
भेटेर जाउ आजै, भोलि भेट होला नहोला

पिरतीका बगानमा गुलाब फक्रंदैछन् हेर 
मायालुका आङ्गनमा जनाब फर्कदैछन् हेर 
लुकाएं मैले लाजै, भोलि भेट होला नहोला 
आउ न आउ राजै, भोलि भेट होला नहोला

भेटेर जाउ आजै,, भोलि भेट होला नहोला 
आउ न आउ राजै भोलि भेट होला नहोला 




No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...