Saturday, March 12, 2016

समकालिन साहित्य प्रतिस्ठानमा प्रकाशित


गीत: कल्पना पौडेल आचार्य "नानी" 



भेटेर जाउ आजै,, भोलि भेट होला नहोला 
आउ न आउ राजै भोलि भेट होला नहोला 

सपना देखेको थें आउंदैछौ भनेर आज 
प्रेम मिलनका गीत् गाउँदैछौ भनेर आज 
सम्झनाहरु ताजै, भोलि भेट होला नहोला 
भेटेर जाउ आजै, भोलि भेट होला नहोला

पिरतीका बगानमा गुलाब फक्रंदैछन् हेर 
मायालुका आङ्गनमा जनाब फर्कदैछन् हेर 
लुकाएं मैले लाजै, भोलि भेट होला नहोला 
आउ न आउ राजै, भोलि भेट होला नहोला

भेटेर जाउ आजै,, भोलि भेट होला नहोला 
आउ न आउ राजै भोलि भेट होला नहोला 




No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...