Friday, March 25, 2016

पाँच हाइकु




फागुका मसी
'कल्पनामा' डुबेर
पाँच हाइकु !!
मायाका रङ्ग
सम्हालेर राख है
भेटिन्न भन्छन् !!
आजका रङ्ग
ननिख्रिए नि हुन्थ्यो
आगुम सम्म !!
आत्मियता खै
रङ्ग दलेर गयौ
बिरानो मान्छे !!
के को चटारो
साहु भन्दैछ आज
भाका नाग्यो रे !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...