Sunday, March 20, 2016

गजल जस्तै

(समसामयिक राजनीतिक बिषयबस्तुमा)

कहिले दक्षिण कहिले उत्तर,, रहर पुर्याउ साथी
कुलो नचल्ने गाउँबस्तिमा छिट्टै, नहर पुर्याउ साथी

धेरै चले भो सकुनीका चालहरु, हाम्रो राजधानीमा
घाम नउदाउने त्यो कर्णालीमा, प्रहर पुर्याउ साथी

भत्कायो कैयौं सृस्टीसृजना पोहोर, भूकम्पले देशमा
पानी बत्ती पाठशाला दुर्गममा,, शहर पुर्याउ साथी

बादशाह ती आउँछन जान्छन्, बेगम गुलाम साथमा
दुक्की त्रिकी चौका पन्जा होइन, दहर पुर्याउ साथी

नुन तेल आँटो पिठो सिटामोल, जे जे सक्छौ पुर्याउ
'सरकार' पुर्याउ त्यहाँ हैन भने, जहर पुर्याउ साथी !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...