Sunday, March 20, 2016

गजल जस्तै

(समसामयिक राजनीतिक बिषयबस्तुमा)

कहिले दक्षिण कहिले उत्तर,, रहर पुर्याउ साथी
कुलो नचल्ने गाउँबस्तिमा छिट्टै, नहर पुर्याउ साथी

धेरै चले भो सकुनीका चालहरु, हाम्रो राजधानीमा
घाम नउदाउने त्यो कर्णालीमा, प्रहर पुर्याउ साथी

भत्कायो कैयौं सृस्टीसृजना पोहोर, भूकम्पले देशमा
पानी बत्ती पाठशाला दुर्गममा,, शहर पुर्याउ साथी

बादशाह ती आउँछन जान्छन्, बेगम गुलाम साथमा
दुक्की त्रिकी चौका पन्जा होइन, दहर पुर्याउ साथी

नुन तेल आँटो पिठो सिटामोल, जे जे सक्छौ पुर्याउ
'सरकार' पुर्याउ त्यहाँ हैन भने, जहर पुर्याउ साथी !!

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...