Saturday, March 19, 2016

समय पापीलेे दिएका घाउ, चर्किरहेका छन् !

कल्पना पौडेल आचार्य 
बिलबाउ बिचकैया 
स्पेन 
१८ मार्च,२०१६ 





लोलाएका परेलीबाट आसुँ, बर्किरहेका छन्
बुज्दैनन् आफन्त मलाई, झर्किरहेका छन् !
औजारले बनाएका घाउ, दुखुन या नदुखुन्
समय पापीलेे दिएका घाउ, चर्किरहेका छन् !
ओरालो लागेको मृगलाई, बाच्छोले खेद्ला नखेद्ला
हाम्रा असैह्य यी दुखका नदिहरु फर्किरहेका छन् !
न पन्छी न माछा; न बऐली न भए उंडान आज
अनायासै असहजमा पलपलहरु, घर्किरहेका छन् !
भाग्यको रेखा नकोरिएका हुन्, या मेटिएका हुन्
पानी र अन्नको के कुरा, हावा सर्किरहेका छन् !
आयो गयो भन्छन् 'मान्छे' त्यो भूकम्प पापी पनि
फर्किएका यीनै पराकम्पनले धर्ति, थर्किरहेका छन् !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...