Saturday, March 12, 2016

डोटी राम्रो भन्छन् !


खस्रो बोली चिल्लो, रोटी राम्रो भन्छन्
घुम्न जाऔं पाल्पा, डोटी राम्रो भन्छन् !
हातो भन्छन् अदुवाको, लाछी डोरी अरे
भक्तपुरे लसुन'का, पोटी राम्रो भन्छन् !
चितवनका हात्ती गैंडा, मकवानपुरे खद्दर
ईलामे अंरिसो मलेखुका, भोटी राम्रो भन्छन् !
भोजपुरे खुकुरी नेपाली, मयलपोसमा चट्ट
छिटको गुन्यु रातो रिवन, चोटी राम्रो भन्छन्
चन्द्रमामा पनि दाग छ, दोश किन खोज्छौ
पाल्न पाए लहिनो भैँसी, खोटी राम्रो भन्छन् !!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...