कल्पना पौडेल आचार्य "नानी"
रामपुर चितवन
शहर! शहर जस्तो छैन रहर जलेका छन्
गाउँको के कुरा हररात प्रहर जलेका छन् !!
सपनाका खेती हुन्छन् सपनाकै किनबेचहरु

कुन्ठित छन् पिंजडाका सुगा गीत गाउँदै छ
उदेश्य चन्द्र थियो उंड्ने डगर जलेका छन् !!
आगो ओकल्छन् हिमनदीहरु बिचरा किनार
हेर्नु जहाँ बलौटे ढुङ्ग्यान बगर जलेका छन् !!
समास र बिग्रहमा अपभ्रम्स भए ती शब्दहरु
कठै मेरा आफ्नै गजलमा बहर जलेका छन् !!
photo: google burning river
No comments:
Post a Comment