Friday, April 1, 2016

६ हाइकु


Kalpana Paudel Acharya feeling positive.

लेख्दैछु आज
जे देख्दैछु तस्बिर
कोरा कल्पना !
डाली छोड्दिन
मालीले गुँड् भत्कायो
पतिङ्गर् साथी !
फक्रने छन
हरेक मुनाहरु
फूल बनेर !
अर्को दुनियाँ
जानु छैन मलाई
बनै संसार !
मिली बनाऔं
मालीले नदेख्ने गुँड्
अग्लो रुखमा !
अडिएका छौं
छेस्का छेस्किको भर
मायालु साथ !

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...