Sunday, April 10, 2016

हाइकु बाँस

गुण जाहेर
नुघेको नुघ्यैछ त्यो
घना बाँसको !

सिक ए मान्छे
सभ्यता बाँसबाट
झुकेर ठुलो !

खप्टेरा सिन्का
मिठा मकैका फुला
बाँसैका त हुन् !

सुन्दा नमिठो
हरियो बाँसमा रे
सबैको बाटो !

त्यसैले भन्छु
नभाँच कलीला ति
बाँसका तामा !

नन्न अमजु
भो भो र नाई नाई  
केरा र बाँस !

(की गो : की भनेको रुख र गो भनेको भाषा,हाइकुका प्रथमत सिद्धान्त) 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...