Tuesday, April 26, 2016

झुटको खेति

गजल

मौलाएकै देखिन्छ, झुटको खेति
एकताको नारामा. गुटको खेति ?

पिडीत माथि झन, पिडक् थपिए
राहत राहत् भन्दै, लुटको खेति !

´तन्त्र´ फेरिए तर, मुहार्‍ एउटै
सत्ता नपाउनेको, बुटको खेति !

अलकत्रा पियौ, मट्टितेल्ले कुल्ला
त्यो बोरा च्यातेर, जुटको खेति ?
 
प्रकृति´नि पापी भो, पानी पर्दैन
कस्तो यो बज्रपात, चुटको खेति !  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...