Tuesday, April 26, 2016

छनि सरकार, राजधानीमा छ

छनि सरकार, राजधानीमा छ
स्वत सरकार, मानहानीमा छ
 
कसले उठाउने, औंला खिलाप
होनि सरकार, मनोमानीमा छ

प्रबेश आज्ञाको, ठप्पा सजिलै
पक्को सरकार, राहदानीमा छ

पुगेन चामल, त्रिपाल र नुन
मख्ख सरकार, राजखानीमा छ

ढल्दैन अहिल्यै, टेका बलिया
हो´र सरकार, सर्बज्ञानीमा छ !

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...