- कल्पना पौडेल आचार्य
मलाई आफ्नै, तस्विर मन पर्दैन जे जो भेटिए, तक्दिर मन पर्दैन!!
नास्तिक छैन, भरोषा उठे सायद
हो पत्थरका, मन्दिर मन पर्दैन !!
हत्केला हेर्छु, सग्ला छन त्यै'पनि
न मेटिएका, 'लकिर' मन पर्दैन !!
आर्तनाद छ, भोक'बिलासका द्वन्द
झुपडी नजिक्, मन्जिल मन पर्दैन!!
स्वतन्त्र छेस, भन्छौ ब्यर्थै किन
यी बांधिएका, जन्जिर मन पर्दैन !!
भरतपुर-१८, चितवन
No comments:
Post a Comment