Monday, April 18, 2016

गीत ईशाराले बोलाउ मलाई

ति नजरमा डुबी, तिम्रै लागि गीत लेखुँ
जिन्दगीका पन्नाभरी, मिठामिठा प्रित लेखुँ

नगर भो सोर्ह सृङ्गार
म हुँं तिम्रा गाजल टिका
यस्तो लाग्छ हिजोआज
माया बिना जीवन फिका!!

ति नजरमा डुबी, तिम्रै लागि गीत लेखुँ
दुनियाँले हारीसक्यो, तिम्रै निम्ती जीत लेखुँ

ति नजरमा डुबी, तिम्रै लागि गीत लेखुँ ......

ईशाराले बोलाउ मलाई
परेलीमा लुकाई राख
जिन्दगीका सुख दु:ख अब
तरेलीमा लुकाई राख

ति नजरमा डुबी, तिम्रै लागि गीत लेखुँ
सपनीमा छुनुमुनु ,बिहानी र सित लेखुँ

ति नजरमा डुबी, तिम्रै लागि गीत लेखुँ

मेरा गीतमा गुनगुनाउ
त्यो लयमा ताल दिन्छु
जूनी जुनि न'च्यातिने  
जिन्दगीकै रुमाल दिन्छु

ति नजरमा डुबी, तिम्रै लागि गीत लेखुँ
जिन्दगीका पन्नाभरी, मिठामिठा प्रित लेखुँ



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...