Sunday, April 3, 2016

धेरै लाएं फूल्बुट्टे चोली

रानी होइन मनको मलाई,
बनको चरी बनाउ
त्यो मनका कुना काप्चामा
लेखने खरी बनाउ

डँढेलोले पारी बन खाँदा
रुन्छ मेरो यो मन
धेर भयो नभिजेको सँसँगै
साउने झरी बनाउ

धेरै लाएं फूल्बुट्टे चोली
यी आँखामा गाजल
खल्लो लागे मेरा रिबनधागा
टल्कने जरी बनाउ

रानी होइन मनको मलाई
बनको चरी बनाउ
सपनीमा फुर्‍फुर्‍ सधैं
उँडने परी बनाउ  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...