Sunday, April 3, 2016

धेरै लाएं फूल्बुट्टे चोली

रानी होइन मनको मलाई,
बनको चरी बनाउ
त्यो मनका कुना काप्चामा
लेखने खरी बनाउ

डँढेलोले पारी बन खाँदा
रुन्छ मेरो यो मन
धेर भयो नभिजेको सँसँगै
साउने झरी बनाउ

धेरै लाएं फूल्बुट्टे चोली
यी आँखामा गाजल
खल्लो लागे मेरा रिबनधागा
टल्कने जरी बनाउ

रानी होइन मनको मलाई
बनको चरी बनाउ
सपनीमा फुर्‍फुर्‍ सधैं
उँडने परी बनाउ  

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...