Friday, April 15, 2016

हरेक पुरुषमा 'राम' खोजेको हुन्छु

हरेक पत्थरमा 'राम' खोपेको हुन्छु
हरेक पुरुषमा 'राम' खोजेको हुन्छु
भेटिने छ रामराज्य मेटिनेछन् रावण
दिल दिमागमा 'राम' सोचेको हुन्छु
असंख्य मन्दिर कोटीकोटी भगवानहरु
लाखौंँ इश्वरबिच् 'राम' रोजेको हुन्छु
फूल्नेछ पक्कै फल्नेछ राम एकदिन
त्यसैले त धर्तिमा 'राम' रोपेको हुन्छु
हरेक पत्थरमा 'राम' खोपेको हुन्छु
हरेक पुरुषमा 'राम' खोजेको हुन्छु !!!


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...