Monday, April 4, 2016

एकान्तमा मुना रुँदैछन्


Write a comment...

गजल
--------
मदन सम्झी एकान्तमा मुना रुँदैछन्
च्यातिय यी चौबन्दीका तुना रुँदैछन् !!
कस्ले खन्ने कसले जोत्ने छोरा पर्देश
कसले पोत्ने कमेरो र चुना रुँदैछन् !!
आउँछु आमा भन्छछोरो अझै आएन
लगन् आयो टपरी र दुना रुँदैछन् !!
हलो जुवा जोतारो गोरु नार्ने छैनन्
बाँझोजमिन् बारीपाखा कुना रुँदैछन् !!
मदन सम्झी एकान्तमा मुना रुँदैछन्
च्यातिय यी चौबन्दीका तुना रुँदैछन् !!
----------
कल्पना आचार्य पौडेल " नानी "




No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...