Monday, April 18, 2016

लघुकथा वाक्यमा प्रयोग !


"बाबु खाजा खाएर तिमी होमवर्क गर है, अस्ति इक्जाममा पनि जम्मा ७९% ल्याएको रहेछ"। हामी बोर्डिङ बाट फर्कन नपाउंदै ममीको आदेश।
"छोरी त आज मलाई अलीअली सघा है,भुटेको चिउरा त हो नि खाजा सुरुवालको गोजिमा राखेर बारीमा अाइज है, मल पांज्नु छ" ममीको अर्को आदेश। ड्याडी बरान्डामा बसेर पत्रिका पढ्दै हुनुहुन्थ्यो।

अलिकती आँट निकालेर मैले भनें "नाइ! ममी म पनि होमवर्क गर्छु पहिला"। ममी हातमा कोदालो लिंदै,अल्ली च्याँठिएर " तंलाइ के को हतार भो अहिल्यै होमवर्क गर्न, बेलुका गरेहुन्न ?!" जवाफ फर्काउन थुप्रै शब्दहरु त थिए म सँग पनि तर के गर्नु चुप लागेर भित्र पसें।कपडा फेरें, सुरुवालको गोजिमा खाजा राखेर बाहिर निस्कंदै थिएँ, भाई किताब कापी झोला लिएर ड्याडी सँग पढ्न बसिसकेको रहेछ।

"ड्याडी ! वाक्यमा प्रयोग गर्न सिकाइ सियोस् न!" भाई लाडिंदै ड्याडी सँग कुरा गर्दैथियो। " अँ भन कुन शब्द राखेर वाक्य बनाउनु छ?" ड्याडीले पत्रिका बाट आँखा नहटाइ भन्नु भयो। "अँ ड्याडी 'अन्तर'"। ड्याडीले के भन्नु भयो कुन्नी, भाई निहुरिएर लेख्न थालिसकेको रहेछ।म अल्ली पर पुगिसकेको थिएँ।।  
-------------------
कल्पना पौडेल आचार्य
भरतपुर १८ चितवन


  

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...