Tuesday, April 19, 2016

गीत..यो हृदयले तिमीलाई, साथी मानी सक्यो


--
किन मार्थें चोखो माया? बिन्ती नबिसाउ
आजै देखि तिमी भन्छु, बिन्ती नरिसाउ !!

यो हृदयले तिमीलाई, साथी मानी सक्यो
छाया भन्दापनि नजिक, हिजै ठानी सक्यो
किन सार्थें भाका मैले, जन्ती लिई आउनु
म गाउँछु तिम्रा गीत, तिमी मेरा गाउनु !!

एउटै छाता ओढौं आउ, टन्टलापुर घाममा
एउटा गीत कोर आज, बिन्ती मेरो नाममा
आस्था विश्वाश भरोशा, तिम्ले  नतोड है  
उतार चढाब् जिन्दगीमा, बाटो नमोड है !!

किन मार्थें चोखो माया? बिन्ती नबिसाउ
आजै देखि तिमी भन्छु, बिन्ती नरिसाउ !!
 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...