Saturday, April 9, 2016

साकुरा र हाइकु

याद उनैको
आँखा पारीपाखामा
पैयुँ फुलेछ !!
मिठा रहर 
अन्नपूर्णको यात्रा
गुराँश टिप्दै !!
नयाँ पालुवा
बैशाखी यामहरु
पात्रो फेरिन्छ !!
कतै साकुरा
यहाँ काफल पाके
ऋतु बषन्त !!
उमङ्ग फूल्यो
यो खुशीको बोटमा
फल लाग्ला नि !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...