Friday, April 29, 2016

गजल

गजल
नबाँध मलाई बिन्ती, सिमा डोरीहरुले अब
रक्त राजनीतिका भद्धा, र अघोरीहरुले अब
चिलाउँछ घिनाउँछु, कथित बाणिहरु सुन्दा
नलिय जनताको नाम, हे फोहोरीहरुले अब
भुल्यौ आखिर पापपुण्य, भत्काएर मठमन्दिर
बिर्सने छैन बेनीम्याग्दी, माडी ठोरीहरुले अब
चाहँदिनन् आमा, कामना गर्दछिन निरन्तर
बोक्न नपरोस् बन्दुक, छोरा छोरीहरुले अब
कोही छैनौ ओभानो, पानी माथिका डाम्ना हो
डस्ने छ सल्कायौ हिजो, तिनै कोरीहरुले अब
समकालिन साहित्यमा @ प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 16 बैशाख, 2073

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...