Sunday, April 10, 2016

घात धेरै भो

पूराना पात्राहरुको खात धेरै भो
आउनेजाने नयाँबर्ष बात धेरै भो

मानबता खोज्नुपर्ने जुनकिरीको ज्योति
मान्छेहरु बिचमा नै जात धेरै भो

समानता गरिबी सरकारका नारा
हात्तीका झैं देखाउने दांत धेरै भो

जताततै भ्याउने रावणका झैं शिर
अकर्मण्य चोरहरु'कै हात धेरै भो  

जन्म ए जन्म हे धर्ती पुत्र नेपालमा
बुद्ध जन्मे वहीं जहाँ घात धेरै भो !

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...