Saturday, April 23, 2016

म मृत्यु जितेको छोरो सोनिश


हेर
मैले संसार जितेर आएको हुँं
भग्नाबेश रुपी काललाई
कलीला हातहरुले छेक्दै
देख्यौ नि?
मेरा सुसुप्त शाहसले
मृत्युलाई कसरी पछारें।
त्यो नाथे काल
ति पराकम्पनका झट्काहरु
मैले धेरै सहिसकें।
डगमगाएनन् मेरा कलीला पाउहरु
पटकपटकका झट्काहरुले
चर्किएका भित्ताहरु ढालेपनि
मेरा बाल थिर्थिर चालहरु
डिग हल्लाउन सकेका छैनन्
र सक्ने छैनन्।
आइज भन्दिन तरपनि
म मा सैयौं सामर्थ्य थुप्रिएको छ
तँ फिस्टे भुइँचालो
कति हल्लाउँछस् हल्ला
म मेरा कलीला मुस्कानले नै जित्नेछु,
जित्नेछु र जिताउनेछु यो दुनियाँ,
निकै चालिस् तेरा क्रुर चाल
सक्छस्??
अाइज जुधा म सङ्ग नजर
तेरा शक्ती र कम्प भन्दा
मजबुत छन्
आँखाका तेज
मुस्कानमा ज्योति र
दरिला छन् मेरा पाइलाहरु।।
लरतरो नठान
मेरा आमाका आशिर्बाद
बाबाको कर्म
दिदीको माया
नेपाली सेना , प्रहरीको
नेपाली सहयोगी हातहरु।।
खै के लगिस् थाहा छैन
तर, जोडेर गैइस
हाम्रो भाईचारा
अनि एकत्रित नेपाली मनहरु,

म मृत्यु जितेको छोरो !



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...