Monday, April 18, 2016

गाजलले ढाँट्यो


झरी सकेको पानी बादलले ढाँट्यो
ताल बिगारेर त्यहि मादलले ढाँट्यो

चौतारीमा देखेँ,, रोदिमा भेटे जस्तो
आखिरमा उही रातो आंचलले ढाँट्यो

गर्दिन भो सोह्र सृङ्गार हेर्दिन भो ऎना
आज आफ्नै परेलीका गाजलले ढाँट्यो

ढाँट्नु पनि सिमा हुन्छ माफ म दिन्न
के भन्नु आज मनकै पागल ले ढाँट्यो

फूल्नु पर्ने फूल फुलेनन् बशन्तमा आज
बोलाएनन् है बन चरी काफलले ढाँट्यो

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...