Friday, April 29, 2016

तँ बाहुन म छेत्री, उ दराईका कुरा नगर

किनारामा बसेर, गहिराईका कुरा नगर
हिमाल अनि पहाड्, तराईका कुरा नगर

मेची देखी महाकाली, सिङ्गो देश हाम्रो
पहाडीया मधेसी भन्दै, पराईका कुरा नगर

नेपाली हौँ हामी, नेपाली भै बाँच्न पाऔँ  
तँ बाहुन म छेत्री, उ दराईका कुरा नगर

रोकिन्नन् नेपाली मनहरु, सौहाद्रताका सधैं
एउटै छानो छ बसाई, सराईका कुरा नगर

पुग्नु छ शिखरमा, फेदैमा नअल्मलिनु बेश  
उक्लनुनै छ भने अब, झराईका कुरा नगर

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...