Friday, April 1, 2016

बुढी भोली दिल्ली जानु पर्ने भो

मनभरिको आक्रोश
श्रीमतीको टाउकोमा बर्सिन्छन्
अनेक बाहाना खोज्दै
चियामा चिनी काम देखि
तिहुनमा नुन बेसी सम्म,
खोए बिर्केको तुजुक
मध्यरात सम्म,
चिसो भात
फोहोरी औंला,
बिहानी उस्तै छन्
हरेक बिहानी जस्तै
कसम बाबा आज बाट पिउन्न,
घुर्की उस्तै
कि माइती कि
छिमेकीको जस्तो ट्वाइलेट् !!
तरङ्गित बिहानहरु कट्छन्
अनि सुरु हुन्छन्
जिन्दगीका असफल भागदौडहरु
राहदानी बोकेर
कहिले यो एजेन्ट कहिले त्यो एजेन्ट
उसले यतिमा उसले यतिमा,
मध्यान्हको चिया
अम्लपित्तलाई निम्ता,
भटमास् चिउराको खाजा त
काकतालीमा,,
भै सकेको काम भएन यार
अन्तर्वाताको लागि दिल्ली जानुपर्ने भो
आजको ब्यबस्था एजेन्टको
आखिर झार्नु नै त छ।।
क्याबिनको खाजा
दिल्लिको टिकट
झारझुर।।  
बिर्सियो बिहानको कसम
माइती न ट्वाइलेट्
दिल्लिको लालदरबार
आग्राको ताजमहल
पहाडगन्जको बसाइ
ढिलो भयो कोठामा जान,
ढल्मलिएका पाइला
अल्मलिएका बाटाहरु
लर्बरिएका स्वरहरुमा,
'बुढी भोली दिल्ली जानुपर्ने भो'।।


No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...