Friday, April 15, 2016

हुन्छ म राम खोज्छु, तिमी जाम खोज

हुन्छ म राम खोज्छु, तिमी जाम खोज
बेहोशीमा लडौला है, सफा ठाम खोज
 
नपाल भो टुप्पी रक्सी खोज्ने नै हो भने
अँध्यारोमा पिल्सेका छौ, चर्को घाम खोज

हुन्छ म धाम खोज्छु तिमी लाम खोज
अस्तित्व लीलाम गर्दै दामी नाम खोज

भेट्नेछौ दुकान, मदिराहरुको शहरमा
रित्तिएका गोजिहरुमा खोटा दाम खोज

हुन्छ म काम खोज्छु तिमी खाम खोज
हुन्छ म राम खोज्छु तिमी जाम खोज !!

FB friend on samakalin sahitya wrote:
Sharma Tham Narayan तिमि राम खोज म जाम खोज्दैछु // तिमि धाम खोज म ठाम खोज्दैछु // नपिउने त् के मान्छे हुन्छ हजुर // टुप्पी पालेर रक्सीको नाम खोज्दैछु //

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...