Thursday, April 21, 2016

गीत मायालुले डाके


क्षितिजका रेखा आज,, बादलुले ढाके
रोदी घरमा घंकिएका, मादलुले डाके

ईशाराले तिर हान्ने, बोली माछी काँडे
ओठ टोक्दै हाँसीराख्ने, लजालुले डाके

जाने मन थियो थिएन, थाकेको बेला
घुम्टो भित्र लजाएका, गाजलुले डाके

दोहोरीमा रिप्पु, उस्तै नाच्दा भुइँ छाड्ने
मन भित्र कै मिठामिठा, मायालुले डाके

क्षितिजका रेखा आज,, बादलुले ढाके
रोदी घरमा घंकिएका, मादलुले डाके

तस्बिर:गुगल

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...