Saturday, April 2, 2016

दिल पुरानै

पात्रो त फेरिएलान, किल पुरानै
निको नहुने घाउका, खिल पुरानै

हुलाकीले थम्याइदियो. हातमा आज्
बन्दी खाम माथि बाट, सिल पुरानै

फर्स्योट नहुने भो, उधारा यी खाता
नाफा´घाटा जिन्दगीका, बिल पुरानै

नडुब भो टिप्न भनि, यो गहिराईमा
नयाँ कमल् फूले पनि, झिल पुरानै

एेना भो यो दुनियाँ, कती छल्न खोज्छौ
नकाबी मुहार भित्र, दिल पुरानै 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...