Saturday, April 2, 2016

दिल पुरानै

पात्रो त फेरिएलान, किल पुरानै
निको नहुने घाउका, खिल पुरानै

हुलाकीले थम्याइदियो. हातमा आज्
बन्दी खाम माथि बाट, सिल पुरानै

फर्स्योट नहुने भो, उधारा यी खाता
नाफा´घाटा जिन्दगीका, बिल पुरानै

नडुब भो टिप्न भनि, यो गहिराईमा
नयाँ कमल् फूले पनि, झिल पुरानै

एेना भो यो दुनियाँ, कती छल्न खोज्छौ
नकाबी मुहार भित्र, दिल पुरानै 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...