Tuesday, April 12, 2016

लघुकथा ३ आदियोस्


"बहिनी बिदेश आएपछी त हल्का पिउन सिक्नु पर्छ, म पनि बियर त पिउन्न तर काभा प्राय बेलुका सुत्नु अघी पिउने गर्छु, हेर न दिन भरी दुकान रुङ्ग्यो थाकेको ज्यान फेरी बिहान चान्डै उठ्नु पर्ने" आफु भन्दा केही सिनियर दिदीले बिदेशमा सिकाएको पहिलो पाठ थियो मेरो। हालाकी त्यती बेला काभा के हो भन्ने कुरा मेरो दिमागले समाउन न सकेपनि यती याद थियो कि यो एक प्रकारको पेय पदार्थ अर्थात सजिलो भाषामा रक्सी नै थियो स्पेनको कातालन राज्यमा धेरै चल्ने व्ह्वाइट वाइन जस्तो चाम्पियन।
एक दिन कोठामा त्यसै बसिरहेको थिएं, भन्दा पनि नेपाल सासु ससुरा र छोरो सँग स्काइपमा कुरा गर्दै थिएं, मेरो पुरानो साम्सुङ जुन नेपाल बाटइ बोकेर आएको थिएं, बज्न थाल्यो ॐ भू-भुर्वस्व ...., नाम टिप्न भ्याएको थिइन, उनै दिदीको फोन रहेछ। "बहिनी फुर्सद छ भने हाम्रो कोठामा आउनुस् न फलानो दिदी, फलानी बहिनी पनि हुनुहुन्छ, सेर्दोको मम पनि खाने कार्यक्रम छ २ बोत्तल काभा पनि छ अनी हामी दिदी बहिनीहरु मिलेर एकछिन म्यारिज पनि खेलौं, है ,,आज कामबाट अल्ली चाँडै फुर्सद पनि मिलेको छ।" एकै सासमा दिदीले सबै कुरा भन्न् भ्याइन। म एक छिन त रनभुलमा परें के भनम के भनम भयो। आफु परीयो पहाडमा हुर्की बढेकी बाहुन कि छोरी न मम मा नै रुची थियो, त्यसमा पनि भेज भनेको भए पनि त हुन्थ्यो सेर्दो(पोर्क अर्थात बुङ्गुर)अरे , अनी काभा भो बाबा भो अनी म्यारिज, अहो सम्झी सम्झी नरमाइलो लाग्यो। कतै कामको कुरो भए पनि हुन्थ्यो कतै भाषा सिक्ने कक्ष्याको कुरो भए पनि हुन्थ्यो।अरु केही नसोची मैले फोन गरेर " आ!!! होस् दिदी म आउन्न आज" यती भनेर फोन राखिदिएँ। जे सुकै भनुन्।

समय बित्दै थियो, नयाँ ठाउँ नयाँ परीबेश मेरो लागि सबै थोक नयाँ एक किसिमले भन्दा जीवनका प्रत्यक पलहरु नयाँ नै थिए। न मलाई बिकनी अगाएर समुन्द्रमा खेल्ने रहर नै थियो न, कथित आधुनिकतामा रमाउनु नै। सायद दुनियाँले मलाई पाखे भनोस् या गँवार तर म आँफै केही पृथक भने थिएं र अझै पनि छु र रहने पनि छु। जब सम्म समय र परिस्थितीलाई म जित्छु र जितिरहनेछु। सायद यो नै मेरो नैसर्गिक अधिकारका कुरा हुन।

कहिले १५ पुस कहिले सोनाम ल्होसार, कहिले के कहिले के पार्टी र रमाइलो गर्ने बाहेक कहिले पनि अरु कुरामा भेटै भैहाले पनि कुरा हाम्रो हुँदैन थ्यो।४ बर्षको छोरो नेपाल छोडेर आएको थियौं हामी दुबै बुढाबुढी त्यसैले खासै कतै पनि रमाइलोमा मन रमाएको थिएन हाम्रो।

नेपाल छोडेको पनि केही महिना बितिसकेको थियो तर नेपालमा कुन महिना चल्दैछ त्यो भने बिर्सिदै गएको अवस्था थियो। एक साँझ एक्कासी फेरी उनै दिदी भेटीइन बेलुकी पख। उस्तै हतारमा।
"म बहिनीलाई फोन गर्नेवाली नै थिएं, के छ बिचार, भोली साउनको पहिलो सोमबार, समुन्द्र नुहाउन जाउँ है, हामी ४,५ जना छौं। बिहान चाँडै जाऔं। दुई नम्बर मेट्रो चढेर (नाम बिर्सिएं अहिले) फलानो स्टेसनमा भेटौं है, म त खाली खुट्टा नै जान्छु"। एक छिन फेरी अकमक्किए।
मैले केही पनि नसोची बताई दिएं कि म जान्न भनेर।
"ह्या! यो बहिनी सङ्ग त कहिले पनि केही पनि कुरा मिल्दैन क्या किन हो" यती भन्दै थिइन दिदी ," आदियोस्" भनेर म पनि आफ्नो बाटो लागें।  

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...