Wednesday, April 27, 2016

दुखिको गीत(ठाडो भाकामा)


दुखिको गीत(ठाडो भाकामा)
-------------------------------
आरु फुल्यो,, बरषा लागेनी
कालो बादल,, लागेन आकाशमा
हवाई चरी,, उंडेर गा´ छोरो
सुनें आज,, आउँदै छ बाकशमा
भुइँचालो ले, खाइदियो घर गोठ
यो दुखिका, दिनमाथि दिन लागे
न छोरोले, कमायो पठायो
भरी बाकस, तै पनि ऋन लागे
चुहियो त्रिपाल, दानो छैन अन्नको
न त इश्वर, न सुन्छ सरकार
बिर्सुँ भन्छु, दैलाको त्यो फोटो
गयो कम्पन, जमिन थर्कार !!
आरु फुल्यो,, बरषा लागेनी
कालो बादल,, लागेन आकाशमा
------------
copy rights@ Kalpana Paudel Acharya

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...