Tuesday, April 12, 2016

लघुकथा बाठा माड्साब


----------

कुरो त्यस्तै ३६,३७ साल मङ्सिर पुषको हो।जुन बेला शैक्षिक बर्ष पनि त्यही समयमा हुन्थ्यो। बिद्यालयको अन्तिम परीक्ष्या पनि सकिएको थियो म र मेरा दुई शिक्षक साथी मिली राजधानी जाने निर्णय गर्यौं। हाम्रो त्यो घुमाइ न कुनै अफिसियल थियो न कुनै भेटघाटको। बास्तबमा हामी बाला चतुर्दशी पारेर सद्बिज छर्न जाने भन्ने निर्णय थियो।उमेरले म भन्दा दुबै साथीहरु कम हुनुहुन्थ्यो तर एकजना लाई म काका भनेर बोलाउँथे अर्को आफ्नै भाई जस्तै। त्यो बेलामा अहिलेको जस्तो नारायणगढ बाट ४ घण्टामा काठमाडौं पुगिने अवस्था थिएन। कि त पूर्व पश्चिमबाट आएका रात्री बस पुलचोकमा समातेर जानु पर्थ्यो कि त साझा बस। हामीले रात्री बसमा बाला चतुर्दशीको बिहान काठमाडौं पुग्ने गरी जाने निर्णय गर्यौं। कि बिहान पुग्ने पशुपतीनाथ पनि दर्शन गर्ने समय मिले घुम्ने राती सद्बिज छरेर अर्को बिहानको साझा बसमा चितवन फर्कने। यही निर्णयलाई कार्यन्वयन गर्ने भनी हामी बिद्ध्यालय बाट छुट्यौं। भने अनुसार काठमाडौं जानेबेलुका हामी तिनै जना पोको पुतरो बोकेर एभन साइकलमा पुलचोकमा भेट्यौ। तब अर्को फसाद पर्‍यो कि साइकल कहाँं राख्ने? मेरो सल्लाह अनुसार साइकल हामीले त्यो बेलाका नाम कहलिएका गङ्गे शाहुको पसल (कपडा पसल)मा राख्ने भैयो।

बेलुकाको खाना बर्मेली होटेलमा (पहिला नारायणगढमा निकै प्रचलित होटेल थियो)।मैले र भाईले माम्सहारी खाना नै बजाइयो तर काकाले भने रोटी र दही। करीब नौ बजे तिर एउटा बस फेला पार्यौं, याद भएन कहाँ बाट आएको थियो। त्यस्तै प्रति ब्यक्ती ३०,३५ रुपैमा हामीले टिकेट लियौं। बस खाली खाली नै थियो। मेरा दुब्ला पातला काका अगाडि नै रोज्नु भयो हामी केही पछाडि सिटमा बस्यौं। मंसिर पुसको मुग्लिन - गाइघाटको सिरेटो छल्दै मलेखुमा बस रोकियो। काका ओर्लनु भएन हामी दुई ओर्लिएर यसो पेट तातो गर्यौं।

बिहान झिस्मिसेमै कलंकीमा रोकियो हामी सवार बस। हामी तिनै जनाले टन्न कपडा लगाएका थियौ गलबन्दी पनि कसेका थियौं। रिङ्गरोडमा चल्ने पुराना दुबै तिर ढोका भएका बसमा हामी चढ्ने पर्खाइमा थियौं, काका चिया पिउने भन्दै हुनुहुन्थ्यो तर भाईले होइन बागमतीमा मुख धोएर पिम्ला सर भन्दै बस चढाउनु भयो, बिहानी पखको चिसो त्यो पनि काठमाडौंको, बस तरकारी र प्याकेट दुध बोक्नेहरुको झैं लाग्थ्यो। खलांसी भाईले  गौशला! गौशला! भनेकोले काकाले नै ३ जनाको बस भाडा तिर्नुभयो र हामी झर्यौ। उसै पनि भिड हुने ठाउँ त्यसमा पनि बेलुकाको लागि मान्छेहरुको भिड। आफ्नो झोला सम्हाल्दै हामी पनि पुग्यौं मन्दिर भन्दा केहीपर सी!!सी र सुइ!! सुइ! गर्दै बागमतीको पानी छोयौं मात्र के को मुख धुन सकिन्थ्यो र? लौ गुरु हो "मन चङ्गा अन्जुली मै गङ्गा" भन्दै चिया पसल खोज्न थाल्यौं। भाईले ल सर चिया त यताको नै मिठो होला जस्तो छ भन्दै बसाले हामीलाई टुटेफुटेका कुर्ची र मुढाहरुमा।

मोटिमोटी हँसिली चिया दोकाने बहिनिले सोधिन, सर चिया पिउने हो? कती बनाम चिया? भनेर।
भाईले 'तीन चिया साहुनी' भन्न नपाउँदै, काकाले हान्स्दै 'म त दुध खान्छु'।' लौ साहुनी उहा त दुध खाने रे' हांस्दै भाईले भन्नु भो साहुनीले पनि भित्री कुरो बुझे झै ल ल भन्नु भो। मलाई अल्लो चिसो लागेको ले हो कि आगो फुके नजिक मुढा सार्दै गएं। उम्लिरहेको दुधको कराइ बाट शिसाको ग्लासमा २ डाडु र अलिकती दुध राखेर काकालाई 'ल सर दुध खानुस्' भन्दै दिनु भो। काका दुबै हातले गिलास पक्डिएर पिउन थालनु भो हामीलाई भने चिया बन्दै थियो। त्यही कराइबाट नापेर दुई गिलास दुध अर्को सानी चिया ताप्केमा खन्याउनु भो साहुनीले म हेर्दै थिएं। चिनी, टोकला चियापत्ती, गरम मसलाको धुलो, अलीअली मरिचको धुलो राख्दै साहुनी चिया उम्लदै थियो, फेरी चियापत्ती थपियो। हाम्रो चिया पनि आयो, चिया निकै मिठो र हामी मास्टरलाई मनपर्ने खालकै थियो। उता गुरु काका भने मुख बिगारदै हुनुहुन्थ्यो। कानमा सुटुक्क 'होइन सर यो दुध गाई भैंसीकै हो कि मोटरको?'

मैले भित्री कमिजमा हात घुसार्दै सोधे "नानी हाम्रो कती भो त चिया र दुधको?"
'अं अं ! दुई चियाको १ रुपैया र दुधको १ अं अं दुई रुपैया दिनुस् न सरहरु' ।
-------------
कहिले काही अझै पनि म काकालाई सोध्छु
"काका काठमाडौंको दुधको याद कत्तिको याद आउँछ त?"
काकाको जवाफ केबल मिठो हाँसो मात्र।।    

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...