Thursday, April 14, 2016

र पनि अझै, भगवान कै भर छ!!

के गर्नु खै, भिर पखेरामा घर छ
घरीघरीको कम्प, पखेरा मै चर छ!
तुयाँलोले तर्साउँछ, मनभरीको पिर
सुख्खा पहिरो, भूकम्पको डर छ!
डरै डरमा बाँच्नु जिन्दगी हो भन्छन्
बनमा डंढेलो दुइतीन नापो खर छ!
लहरा नि चुँडिए, पहराको साथी खै?
चौतारीमा हेर्नु हजुर, एकलो बर छ!
पुज्दिन ईश्वर, जान्न मन्दिर भन्छु
र पनि अझै, भगवान कै भर छ!!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...