Thursday, April 14, 2016

र पनि अझै, भगवान कै भर छ!!

के गर्नु खै, भिर पखेरामा घर छ
घरीघरीको कम्प, पखेरा मै चर छ!
तुयाँलोले तर्साउँछ, मनभरीको पिर
सुख्खा पहिरो, भूकम्पको डर छ!
डरै डरमा बाँच्नु जिन्दगी हो भन्छन्
बनमा डंढेलो दुइतीन नापो खर छ!
लहरा नि चुँडिए, पहराको साथी खै?
चौतारीमा हेर्नु हजुर, एकलो बर छ!
पुज्दिन ईश्वर, जान्न मन्दिर भन्छु
र पनि अझै, भगवान कै भर छ!!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...