Thursday, April 14, 2016

एकताका ब्रितहरु ,गीत

लेख्नेछु अझै म,,, स्वतन्त्रताका गीतहरु
कोही कागज कोही कलम, देउ ए मीतहरु

बादलबाट चांदी चोरी, बर्षातका बुँद टिपी
गाँस्नेछु हेर्दै जानु, हरेक जिबसँग प्रितहरु

छिचोल्नेछु सूनामी ज्वालामुखिका लप्काहरु
धेरै भए जहर यहाँ निकाल्नेछु म अमृतहरु  

भत्काउनेछु पहाडहरु निछोडमा पुग्ने छु म
च्यात्नेछु सारा असमानता बिभेदका रितहरु

अहंकारले पोल्न छाड्यो बिद्रोहका रांको बालौं
आयात, बर्ग, त्रिभूज हुँदै एकताका ब्रितहरु    

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...