Friday, April 8, 2016

Gajal



दुखाई बिर्सिएर हो की, चोट खोज्दैछु 
म टिप्थेँ पत्ता बेदनाका, बोट खोज्दैछु !

मन्दिर मस्जिद चैत्य, पत्थर बोल्दैनन्
ति कथित भगवानका, खोट खोज्दैछु !


थाकिसके परेलीहरु, सुस्ताए पाइला
सधैं सधैं मुस्कुराउने, ओठ खोज्दैछु !


चाहे सात समुन्द्र-पारी, खर्च जुटाएर 
जानेछु खोज्न म मदन, भोट खोज्दैछु !


सकिन किन्न नयाँ, किताब जिन्दगीमा 
'थोरो'ले भनेको जस्तै, कोट खोज्दैछु !
-photo @ google

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...