Thursday, April 14, 2016

ब्याधा पापी, छुटायो पिरती

गीत

चरीले नी, गाएनन् गीत
बनै छाडी, कां गयौ ए मित् ??

चिर्बिर्‍ चीर्बिर्, नसुन्या धेरै भो
बुझ्छु कि त, भन् चरी के के भो ??

पोख्दिन भो, यो मनको पिर ठुलो
तिम्लाई लाग्ला, पछाडी भिर ठुलो !!

बनको साथी, मनको त्यो साथी
सम्झी सम्झी, दुख्दैछ यो छाती

ब्याधा पापी, छुटायो पिरती
एक्लो यो बन, एक्लै छ धरती !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...