Saturday, April 16, 2016

कहाँ छैन युद्ध

म 'राम्री' छैन,, तस्बिर टाँस्दिन यहाँ
भाग्यको लेखो, तक्दिर टाँस्दिन यहाँ

पुजेको हुन्छु भगवान, हृदय देखि नै
त्यसैले त अब, मन्दिर टाँस्दिन यहाँ !!

स्वतन्त्रताको नाममा नाङ्गिनु नै छभने
आँफै बाँधिएका जन्जिर टाँस्दिन यहाँ !!

कहाँ छैन युद्ध?, देखाउ एक कुनामा  
मनमै छ जम्मु - कस्मिर टाँस्दिन यहाँ !!

कहाँ पुगिन्छ कहाँ जिन्दगी यात्रा हो
गुमनाम हुँला, मन्जिल टाँस्दिन यहाँ !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...