Tuesday, April 5, 2016

बुद्धत्वका पाइलाहरु

खेल्न आउँछु आङ्गनीमा बार नलगाऊ
बिन्ती अब जातियताको तार नलगाऊ !!
पून्यभूमी ज्ञानभूमी बुद्धत्वका पाइलाहरु
धार्मिक असहिष्णुताका धार नलगाऊ !!
अनेकतामा एकताको प्रतिबिम्ब नेपाल यो
खण्डित बैमनस्यताको खार नलगाऊ !!
हिमशीला झैं पवित्र गङ्गाजल झैं चोखा
नेपाली शिरमा असत्यको भार नलगाऊ !!
पाएका छौं सार्बभौम सहिदका बलिदानमा
हुँदैन सधैं पराधिनका घार नलगाऊ !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...